नियम ५९
संयुक्त शेयर होल्डरहरूको हक र दायित्व
संयुक्त शेयरहोल्डरहरूले संयुक्त रूपले फाइदा उठाउने र तिनीहरू मध्ये कुनै पनि शेयरहोल्डर कायम नरहेमा अरू बाँकीले संयुक्त रूपमा त्यसको उपभोग गरेको मानिनेछ । सो शेयरको सम्बन्धमा भुक्तानी गर्नु पर्ने रकम र अरू रकमहरू वापत तिनीहरूको संयुक्त रूपले दायित्व रहनेछ । सो शेयरबापत तिनीहरूले पाउने लाभांश वा अरू रुपैयाँ बुझी लिएको रसिद कुनै एक जनाले दिन सक्नेछ ।